Madhes Khabar
राजनीति

रवि लामिछाने काठमाडौंमा पनि ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं,२माघ:काठमाडौंकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख रुपैयाँ धराैटी बुझाएर रिहा भएका छन्।उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ६० लाख धरौटीमा छोड्न प्रहरीलाई आदेश दिएपछि उनी बैंक ग्यारेन्टी मार्फत उक्त धराैटी रकम काठमाडौं जिल्ला अदालतमा बुझाएर रिहा भएका हुन्।

जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियाे।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमाछुटेका लामिछाने काठमाडौंमा पनि धरौटीमा रिहा भएका हुन्। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयान दिन उनी आइतबार आफैं अदालत उपस्थित भएका थिए।

 

आइतबार बयान सकिए पनि थुनछेक नभएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश भएको थियो। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी,जीबीको साढुभाई दीपक लामा,कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ३९ जनालाई ‍प्रतिवादी कायम गरिएको छ।

उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्। सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

यस अगाडि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा काठमाडौं जिल्ला अदालतको आदेशपछि रिहा भइसकेका छन्।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनीसँगै छविलाल जोशी,रामबहादुर खनाल,कृष्णबहादुर गुरूङ,लिला पछाइ र आरती गुरूङ धरौटी बुझाएर रिहा भएका छन्।

लामिछानेविरुद्ध चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेको छ। सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई गत कार्त्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

मधेस सरकार गठन मुद्दामा मंसिर ११ गते अन्तिम सुनुवाइ हुने

MadhesKhabar

गृहमन्त्रीले राजिनामा नदिए आन्दोलन थप चर्काउने राप्रपाकाे चेतावनी

MadhesKhabar

जसपा र लोसपाको सहयोग खोज्दै सिके राउत: चुनावी सहकार्यको प्रस्ताव

MadhesKhabar

Leave a Comment