Madhes Khabar
राजनीति

कांग्रेस नेतृ यादव अष्ट्रेलियाको राजदूतमा नियुक्त

काठमाडौं,९मंसिरःनेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सिरहा निवासी यादव यसअघि कांग्रेसकी प्रमुख सचेतक थिइन्। गत निर्वाचनमा भने सिरहा– २ बाट उम्मेदवार बनेकी उनी जसपा उम्मेदवार राजकिशोर यादवसंग पराजित भएकी थिइन् ।

 

Related posts

चौरसिया र पटेललाई स्वागत गर्दै मतदाताले भने : यसपालिको भोट काँग्रेसलाई

MadhesKhabar

भष्ट्रचारविरुद्ध सरकारले स्टन्ट मात्रै गरिरहेको छ : एमाले नेता ज्ञवाली

MadhesKhabar

कांग्रेसले गरेका राम्रा कामको सन्देश जनतामा पुर्‍याउन पार्टी चुक्यो : उपसभापति खड्का

MadhesKhabar

Leave a Comment