Madhes Khabar
राजनीति

भष्ट्रचारविरुद्ध सरकारले स्टन्ट मात्रै गरिरहेको छ : एमाले नेता ज्ञवाली

सिमरा, ६ साउन : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल बाराले शनिवार सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको ईच्छा पुरा गरिदिने कडी बनेको बताए ।

एमालेको स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार संचालनप्रति इंकित गर्दै भने ‘भारतले चाहेका जलविधुत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ बर्ष देखी अलपत्र पारेएको माथील्लो कर्णालीका सम्बन्धमा कुनै संवाद नगरी थप दुईवटा आयोजना पुनः जिम्मा लगाउने काम भएको छ’ ।

भष्ट्राचार नियन्त्रणका विषयमा सरकारले पछिल्लो समय स्टन्ट र अनावश्यक प्रचार गरिरहेको तर्क उनले गरे । ‘सरकार आफ्नै शरिरमा फोहोर बोकेर सफा गर्न हिडिरहेको छ । पहिला आफू सफा हुनुपर्यो’ ज्ञवालीले भने ‘अनियमितता र भष्ट्राचारका प्रकरणमा नाम जोडिएका नेतालाई सहयात्री बनाएर हिडिरहेको सरकारले निष्पक्ष छानविन गर्छ भन्ने लाग्दैन ।’
भष्ट्राचारका मुद्धामा जोडिदा निष्पक्ष छानविन गरिनुपर्ने भन्दै ज्ञवालीले पूर्वाग्रही ढंगबाट गरिने छानविनले निकास नदिने बताए । ठुला प्रकरणका निर्णयकर्ता सत्ताको सहयात्री बनाउने र दुईचार जनालाई पक्राउ गरेर जनतामा भ्रम छर्ने काम प्रचारबाजीमा मात्रै सिमित हुने ज्ञवालीको भनाई थियो ।

ज्ञवालीले भने,‘ तत्कालिन माओवादी लडाकु शिविरमा भएको घोटालाको विषय, पछिल्लो सुन बरामद प्रकरणमा सरकारमा रहेको दल माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महरा, उनका छोरा प्रकाश जोडिएर आएको छ । ती विषयमा सरकारले निष्पक्ष छानविन गर्नुपर्छ। ’

पत्रकार सम्मेलनमा एमाले सचिव एवम् मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश सरकार र मधेशका स्थानीय तहहरुमा बढी रकम अपचलन भएको देखाएकाले त्यसको नियन्त्रण गर्न एमालेले पहल गर्ने बताए । मधेसको विकास र समृद्धीका लागि एमालेलाई जागरुक गर्ने अभियान सुरु भएको समेत भट्टराईले बताए ।
प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमाले पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण अनिल गौरवले गरेका थिए ।

Related posts

वीरगन्ज १३ मा विजय सरावगीको चुनावी घरदैलो

MadhesKhabar

ठाकुरराम क्याम्पस प्रमुखको राजिनामा र पुन स्ववियु निर्वाचन गराउन १० विद्यार्थी संगठनको माग

MadhesKhabar

नेपालमा अब राजा फर्कने सम्भवना नै छैन : माधव नेपाल

MadhesKhabar

Leave a Comment