Madhes Khabar
राजनीति

मधेसका जनताको सुविधा नखोस्न बालेन सरकारलाई कांग्रेस सभापति गगनको चेतावनी

सर्लाही, १७ वैशाख :नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले मधेसका जनताको सुविधा र अधिकार खोसेको बताएका छन् ।

फागुन २१ को निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको धनकौलममा बुधबार पुगेका सभापति थापाले आयोजित कांग्रेसको कार्यक्रममा बोल्दै मधेसका जनताको सुविधा नखोस्न आग्रह गरे ।

सभापति थापाले भने, ‘ प्रधानमन्त्रीजी जनकपुरमा आउँदा यहाँका मानिसहरू अधिकार माग्न काठमाण्डु जानु पर्दैन भन्नुभएको थियो । म उहाँलाई काठमाडौं जानु नपर्ने धेरै परको कुरा हो । तर वर्षौँदेखि यहाँका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा जुन प्राप्त भएको छ, तपाईँको सरकारले त्यो सुविधा खोसेको छ । कृपया त्यो सुविधा सुचारु गरिदिनुहोस् ।’

पेट्रोलियम पद्धार्थको महँगी बढाएर जनताको भान्सामा बिजोक भएको उनले बताए । सभापति थापाले थप्दै भने, ‘यो भन्दा अगाडिको सरकारले पनि लगाएको थियो । कांग्रेस सरकार हुँदा पनि । तर, यी विषय यो भन्दा अगाडि पनि गलतलाई गलत भन्दै आएको हो। म सम्झन्छु, अहिले पनि म भन्छु, त्यो गलत छ ।’

 

Related posts

दलितवस्तीमा पुगेर रिजालले गरे सहभोज , रिजाललाई नै जिताउने दलितहरुको सामुहिक घोषणा

MadhesKhabar

पर्सा–२ का रास्वपा उम्मेदवार कानुलाई आफनै वडामा मतदाताले गरे भव्य स्वागत र समर्थन

MadhesKhabar

पर्सा–४ को ठोरीमा रास्वपा परित्याग गरि दर्जनौ युवाहरु कांग्रेसमा प्रवेश, पूर्वमन्त्री रिजालले गरे स्वागत

MadhesKhabar

Leave a Comment