वीरगन्ज,१०फागुनःपर्सा क्षेत्र नमबर ४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालप्रति युवाहरुको आकर्षण बढेको छ ।
चुनावी घरदैलो गर्दै मतदातासंगको भेटघाटलाई तिब्र पारेका कांग्रेस उम्मेदवार रिजाललाई समर्थन जनाउँदै ठोरीमा दर्जनौको संख्यामा युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् ।आइतबार ठोरी गाँउपालिका वडा नम्बर ३ ब्रम्हनगर नयाँवस्तीका रास्वपाका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेसमा प्रवेश गर्नेहरुमा रास्वपाका युवा नेताहरु विनोद लामा, सुभाष परियार, रविन मगर,राज आलेमगर,समिप मोक्तान,वकिल थिङ,फुर्वा लामा,रामकुमार विक,वीरमान घलान, तत्कालीन नेकपा माओवादी केन्द्रका देव श्रेष्ठ लगायतका रहेका छन् । उनिहरुलाई कांग्रेस उम्मेदवार रिजालले अबीरटीका लगाएर पार्टीमा स्वागत गरे ।
त्यसअवसरमा पूर्वमन्त्रीसमेत रहेका रिजालले बदलिएको कांग्रेसले अब देश बदल्ने बताए । उनले युवा नेता गगन थापाले हाँकेको कांग्रेसप्रति देशभरिमै युवाहरुको आकर्षण बढ्दै गएको बताए ।
उक्त कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सहसचिव नवीन सिंह,युवा नेता जीवनकृष्ण श्रेष्ठ लगायतकाकोपनि सहभागिता थियो ।

