Madhes Khabar
राजनीति

वीरगन्ज १३ मा विजय सरावगीको चुनावी घरदैलो

मधेस खबर
वीरगन्ज, २१ बैशाख
: वीरगन्ज महानगरको मेयरमा एमालेका उम्मेदवार विजय कुमार सरावीले बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा चुनावी घरदैलो गरेका छन् ।
एमालेका नेता कार्यकर्ताहरुका साथ बृहत रयाली निकालेर सरावगीले वडा नम्बर १३ का मुर्ली सहितका विभिन्न टोलमा चुनावी घरदैलो गरेका हुन् ।
त्यसक्रममा मेयर उम्मेदवार सरावगीले हरेक घरमा पुगेर मतदातालाइ भेटि एमालेलाइ मत दिन आग्रह गरे ।
एमालेकै नेतृत्वले मात्र वीरगन्ज महानगरको विकास गर्न सक्ने र नगरवासीको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याउन सक्ने कुरा मतदातालाइ बताउदै सरावगीले आफनो नेतृत्वले विगतमा गरेको कामको मुल्यांकन गरिदिन आग्रह पनि गरे ।
च्ुनावी घरदैलो कार्यक्रममा एमाले नेता एंव संविधानसभा सदस्य विचारी यादव , एमाले नेता बसरुद्धिन अन्सारी , चन्दन मिश्रा , मुस्तकीम अन्सारी लगायतको पनि सहभागीता थियो ।

Related posts

जसपाद्धारा पर्सा-४ बाट प्रत्यक्षमा युवा नेता तबरेज अहमदको एकल नाम सिफारिस

MadhesKhabar

एमाले ठोरीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

MadhesKhabar

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई जनमत पार्टीको निर्देशन

MadhesKhabar

Leave a Comment