Madhes Khabar
राजनीति हेडलाइन

संसदमा एमालेले नाटक गरिरहेको छ : सांसद यादव

काठमाडौं, २९ साउन : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले संसदमा एमालेले नाटक गरेको आरोप लगाएका छन् ।जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक समेत रहेका यादवले प्रमुख प्रतिपक्ष दल एमालेले नाटक गरेर संसदमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

सुन तस्करी काण्ड छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद चल्न नदिएको प्रति लक्षित गर्दै पूर्व वनमन्त्री समेत रहेका यादवले यस्तो आरोप लगाएका हुन् । एमालेको अवरोधका कारण संसद बैठक भदौं ३ गतेसम्मका लागि स्थगीत गरिएको छ ।

सोमवार संसद बैठकपछि संसदभवन परिसरमै पत्रकारहरूसँग कुरा गर्दै सांसद यादवले भने,‘ एमालेले लगातार संसद बैठक चल्न नदिएर नाटक गरिरहेको छ । संसदमाथि खेलवाड गरिरहेको छ । उनले सुन तस्करी प्रकरणको छानबिन गर्न छानबिन समिति बनाउनु आवश्यक नभएकोपनि बताए ।

यादवले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै आपराधिक घटनाको छानबिन नेपाल प्रहरीको सिआइबीलाई नै गर्न दिनुपर्नेमा जोड दिए ।यादवले भने, ‘संसद अवरोध प्रमुख प्रतिपक्ष एमालेले गरेको छ । सांसदलाई खेलवाडका रूपमा प्रमुख प्रतिपक्षी दलले हेरेको छ । संसद जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताको न्यायको मन्दिर हो । समसामयिक मुद्दामा यहीँबाट बहसको थालनी हुन्छ । देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ । यो संसद चलाउनुको साटो संसद अवरुद्ध गर्नु जायज होइन ।’

सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएकोपनि बताए । उनले तत्कालीन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको आरोप लगाए ।

Related posts

आज ‘इदुलफित्र’ पर्व हर्षाेल्लासका साथ मनाइदैं

MadhesKhabar

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

MadhesKhabar

यू–१९ एसिया कपका लागि घोषित नेपाली टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमार चयन

MadhesKhabar

Leave a Comment