Madhes Khabar
राजनीति

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं,२६फागुन : जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।

सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् ।उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।

 

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।साभार : अनलाइनखबर

Related posts

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयाे

MadhesKhabar

मेरो पहिलो प्राथमिकता पार्टी होइन, जनताको समस्या समाधान हो : खानेपानी मन्त्री यादव

MadhesKhabar

बारा २ मा असन्तुष्ट कांग्रेसीहरुको पनि भोट पाएर म जित्छु : अरुण ज्ञवाली

MadhesKhabar

Leave a Comment