Madhes Khabar
राजनीति

मेरो पहिलो प्राथमिकता पार्टी होइन, जनताको समस्या समाधान हो : खानेपानी मन्त्री यादव

काठमाडौं,३साउन: खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना र मेलम्ची उप–आयोजना – २ को ब्रिफिङ लिएका छन् ।

ब्रिफिङका क्रममा मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाहरूको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमहरूको बारेमा जानकारी लिए ।उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्य प्रवाहलाई बुझ्दै जनताको गुनासोलाई ध्यानमा राखेर मन्त्रालयका कर्मचारीहरूसँग मिलेर काम गरिरहेको बताए ।

मेलम्ची खानेपानी आयोजनाको सम्बन्धमा जनतामा रहेको निराशालाई आशामा बदल्न मेलम्चीको पानी वितरणलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धतापनि उनले व्यक्त गरे । ‘हामीले काम मार्फत गलत धारणा चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी वर्षभरि कसरी पु¥याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ,’ मन्त्री यादवले भने।उनले स्थानीय सरकारसँगको समन्वयको आवश्यकता औँल्याउँदै काठमाडौँ महानगरपालिकाको सहयोगका लागि त्यहाँका प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा छलफल गरेको उल्लेख गरे ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर प्रधानमन्त्रीसँग छलफल गर्ने तयारीमा रहेको र कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रहपनि उनले गरे ।‘म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,’ उनले भन्नुभयो ।

मन्त्री यादवले सबै मिलेर काम गर्दा मात्र मेलम्ची आयोजना सफल पार्न सकिने विश्वास व्यक्त गरे । ‘मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौंका बासिन्दालाई खानेपानी पु¥याएर देखाउनु पर्छ,’ मन्त्री यादवले भने ।

Related posts

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

MadhesKhabar

राजा आऊ देश बचाऊ भनेको सुन्छु, म नेपालभित्रै छु: पूर्वराजा शाह

MadhesKhabar

ठाकुरराम क्याम्पसमा नेविसंघले किन टुंगो लगाउन सकेन उम्मेदवार ?

MadhesKhabar

Leave a Comment