Madhes Khabar
राजनीति

मधेसीलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर

जनकपुरधाम,२१भदाैं:लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

शुक्रबार जनकपुरधाममा संघीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था: जनजागरण अभियान’ लाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले मधेसी नागरिकलाई भगाउने प्रयास भइरहेकोले मधेसी दलहरू एक भएको बताए। अध्यक्ष ठाकुरले भने, ‘हामीलाई भगाउने प्रयास भइरहेको छ। त्यसैले हामी एक ठाउँमा उभिएका छौँ। हाम्रो एउटै आवाज छ, हामी अलग-अलग भएर पनि एकसाथ लड्छौँ, एकसाथ मर्छौँ। त्यसैले यहाँ जम्मा भएका छौँ। यो आवश्यकता हो। आपसमा चाहे जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ। मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ।’

उनले मधेसी राजनीतिक दलहरूको एउटै आवाज रहेको र मधेसका मुद्दामा सबै एकै ठाउँमा रहेको बताए।साभार:राताेपाटी

Related posts

पर्सा–१ मा प्रदीप यादवलाई जिताउन एमालेका महिला नेतृहरु पनि सक्रिय

MadhesKhabar

पर्सा ४ मा रिजालको लहर ,नेकपा एसका नेता सहित ५०० जना काँग्रेसमा प्रवेश

MadhesKhabar

रुपेश पाण्डेः “लोकप्रिय हुन होइन, काम गर्न राजनीतिमा आएको हुँ”

MadhesKhabar

Leave a Comment