Madhes Khabar
राजनीति

सबै भन्दा कान्छा उम्मेदवार अनुज भन्छन् – भ्रष्टचार अन्त्य गर्नु नै मेरो पहिलो प्राथमिकता

क्रान्ति शाह
वीरगन्ज, १८ बैशाख
:सम्भावत पर्सा जिल्लामै पालिका प्रमुखमा सबै भन्दा कान्छा उम्मेदवार बनेका जिराभवानी गाँउपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार अनुज महत्तो चुनावी गतिविधीमा होमिएका छन् ।
पालिकाको सबै वडामा घरदैलो गर्दै अध्यक्ष उम्मेदवार महत्तोले हरेक मतदातासंग काँग्रेसलाइ जिताउन आग्रह गर्दै आएका छन् ।
आइतवार पनि काँग्रेसबाट उपाध्यक्ष उम्मेदवार रेखा चौधरी , वडा अध्यक्षका उम्मेदवार र काँग्रेस नेता कार्यकर्ताहहरुसंगै महत्तोले विभिन्न वडामा घरदैलो गरेका छन् ।
चुनावी घरदैलोका क्रममा काँग्रेसबाट अध्यक्ष उम्मेदवारले हरेक मतदाताको घरमै पुगेर गाँउपालिको विकास र समृद्धिका लागि पालिकामा काँग्रेसकै नेतृत्व आवश्यक रहेकाले काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे ।
पालिकामा यसअघि एमालेको नेतृत्वले पालिकामा भ्रष्टचार , बेथिती मात्रै भित्रयाएको आरोप लगाउदै महत्तो भने ,‘ पालिकाको अहिलेको दुर्दशा देख मेरो मन रोयो त्यसैले म काँग्र्रेसको सकृय राजनीतिमा आएको हु , यदि जनताले साथ दिनुभयो भने म काम गरेर अवश्य देखाउछु ।
उनले जनताको आश र भरोसामा माथि कहिले पनि कुठाराघात हुन नदिने प्रतिबद्धता पनि जनाए ।
विगत साढे ४ वर्षमा जिराभवानी गाउँपालिकामा भएको भ्रष्टाचार अन्त्य गर्नु नै आफनो पहिलो प्राथमिकतामा रहने उनले बताए ।
पुर्वगाविस अध्यक्ष स्वर्गीय महादेव महत्तोको छोरा समेत रहेका महत्तोले भने,‘ स्वर्गवासी आफना बुबाको सपना साकार पार्न पनि म राजनीतिमा आएको हु , जसरी मेरो बुबा लोकप्रिय हुनुहुन्थ्यो म पनि त्यस्तै जनहितमा काम गरेर लोकप्रिय बन्न चाहन्छु ।

Related posts

हर्क साम्पाङको टिप्पणी : ‘चुनावमा चुपचाप घन्टी छाप, अहिले चुपचाप कुम्लो बोक टाप’

MadhesKhabar

वीरगन्जमा कांग्रेसकाे सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण,देउवाले गरे उद्घाटन

MadhesKhabar

रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्विरोध निर्वाचित

MadhesKhabar

Leave a Comment