Madhes Khabar
राजनीति

हर्क साम्पाङको टिप्पणी : ‘चुनावमा चुपचाप घन्टी छाप, अहिले चुपचाप कुम्लो बोक टाप’

काठमाडौं,१२वैशाखःश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह मेयर हुँदा हटाउन नसकेको सुकुम्वासी बस्ती अहिले प्रधानमन्त्री भएपछि इगोको रूपमा लिएर हटाउन थालेको बताएका छन्। उनले प्रधानमन्त्री शाहले सुकुम्वासीहरूलाई पनि फोहोरको रूपमा लिएको टिप्पणी गरेका छन्।

उनले भिडिओ सन्देशबाट भनेका छन्, ‘अहिलेको हाम्रो प्रधानमन्त्री पहिला काठमाडौँ महानगरको मेयर हुँदा फोहोर व्यवस्थापन गर्न सक्नुभएन। उहाँ फोहोर सफा गर्नतर्फ लाग्नुभयो। त्यसपछाडि उहाँले सुकुम्वासी बस्तीलाई पनि एक खालको फोहोर जस्तो देख्नुभयो। अनि अहिले सुकुम्वासी बस्ती हटाउन यो कामहरू गर्न थाल्नुभयो।’ चुपचाप घन्टीमा छाप भन्दै भोट हाल्नेहरूले अहिले चुपचाप कुम्लो–बोक टाप भन्ने अवस्था आएको टिप्पणी गरे।

उनले थपे, ‘देशैभरि सुकुम्वासी बस्ती हटाउने काम यो सरकारले गर्छ, सचेत भएर बस्नुहोला पूर्वदेखि पश्चिमसम्म। अब लाखौँ–लाख मान्छेहरू गरिब छन्, सुकुम्वासी बस्तीमा बसिरहेका छन्। लजमा राख्ने भन्ने कुराहरू मात्रै प्रचार गरिरहेको हुन्छ। तर त्यहाँभित्र कति पीडा र दुःख छ भन्ने कुरा म महसुस गर्न सक्छु।’ उनले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी देखाएर बस्ती खाली गराएको बताए।

Related posts

पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी

MadhesKhabar

कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने लोसपाको निर्णय

MadhesKhabar

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले औपचारिक रूपमै गरे विशेष महाधिवेशनको आह्वान

MadhesKhabar

Leave a Comment