Madhes Khabar
राजनीति

रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्विरोध निर्वाचित

वीरगन्ज,८पुसःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला भेला आइतबार सम्पन्न भएको छ ।वीरगन्जको क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न रास्वपा पर्साको प्रथम जिल्ला भेलाले सभापतिमा हरि पन्तलाई निर्वाचित गरेको छ ।

भेलाले जिल्ला सभापतिमा पन्तलाई निर्विरोध निर्वाचित गरेको हो ।पन्त यसअघि गत जेष्ठमा पर्साको जिल्ला संयोजक चुनिएका थिए ।

यस्तै प्रथम जिल्ला भेलालले जिल्ला उपसभापतिमा तुल्सा पैडेल, सचिवमा सुदिश प्रजापति ,सहसचिवमा कृष्ण पासवान तथा सदस्यमा दिलिप कुर्मी ,पुर्ण सापकोटा,सुरेश यादब र प्रियन्का पटेलपनि निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपाका केन्द्रिय उपसभापति डाक्टर स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सप्पन्न जिल्ला भेलामा ननिर्वाचित जिल्ला सभापति, पदाधिकारी र सदस्यहरुलाई केन्द्रिय उपसभापति वाग्लेले सपथ ग्रहण गराएका थिए ।

Related posts

प्रधानमन्त्री ओलीले भने: हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीचकाे लडाइँ राेकियाे

MadhesKhabar

जसपाकाे केन्द्रीय कार्यकारिणी सदस्यमा मधेस प्रदेशबाट वीरगन्जका मेयर सिंह मनाेनित

MadhesKhabar

वीरगंज २७ अलौँमा उम्मेदवार कानुको घरदैलो सम्पन्न

MadhesKhabar

Leave a Comment