Madhes Khabar
राजनीति

प्रधानमन्त्री ओलीले भने: हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीचकाे लडाइँ राेकियाे

काठमाडौं,२९बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको बताएका छन्।साेमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले यस्तो बताएका हुन्।

 

प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए। उनले भने,‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’

प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए। उनले भने,‘उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ।’

 

प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।

Related posts

काठमाडौंमा जारी नागरिकताविहिनहरुकाे आन्दोलनमा जनमतका पर्सा संयाेजक सर्राफकाे पनि समर्थन

MadhesKhabar

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजिनामा

MadhesKhabar

राप्रपा नेता रवीन्द्र मिश्रको सुझाव : राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

MadhesKhabar

Leave a Comment