Madhes Khabar
राजनीति

जसपाका नयाँ मन्त्रीहरुको सुचीमा सांंसद प्रदीप यादव पनि

मधेसखबर
वीरगन्ज,१७ असार : जनता समाजवादी पार्टी (जजसपा) ले संघीय सरकारमा पठाउने नयाँ मन्त्रीहरुको टुंगो लगाएको छ ।

सरकारमा अहिले रहेका आफना पार्टीका चारै जना मन्त्रीहरुलाइ फिर्ता बोलाउने निर्णय गरिसकेको जसपाले सरकारमा अब पठाउने नयाँ मन्त्रीहरुको नाम टुंगो लगाइ सकेको अध्यक्ष उपेन्द्र यादव निकट जसपाका एक कार्यकारीणी सदस्यले जानकारी दिएका हुन् ।

ती नेताका अनुसार अध्यक्ष यादवले सरकारमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव ,सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रमोद साह , सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव र बाँके क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य महम्मद इस्तियाक राइन्लाइ पठाउन लागेका हुन् । चारै जना नयाँ मन्त्रीको सुची तयार भइसकेको भएपनि मन्त्रालय बाँडफाँडका बारेमा भने अन्तिम छलफल चलिरहेको ती नेताले बताए ।

 

सरकारमा पठाउने नयाँ चार जना मन्त्रीहरुको नामको सुची तयार भइसकेको र शुक्रबार साँझै वा शनिवार बिहान सम्म अध्यक्ष यादवले उक्त सुची प्रधानमन्त्री शेर बहादुर देउवालाइ बुझाउने तयारी रहेको ती नेताले बताए ।

जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन्।

 

आफू निकट कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने सम्पूर्ण अधिकार लिएका अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम बारे टुंगो लगाउनु अगाडि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवासँग पनि छलफल गरेका थिए ।

Related posts

रास्वपाले पर्सा जिल्लामा दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्दै

MadhesKhabar

गाेरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घाेषणा

MadhesKhabar

मधेस प्रदेश समिति पनि गगन-विश्वको पक्षमा, विशेष महाधिवेशनमा सहभागी हुन आह्वान

MadhesKhabar

Leave a Comment