Madhes Khabar
राजनीति

गाेरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घाेषणा

काठमाडौं,२५पुस:हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शुक्रबार उनले सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेका हुन्।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उनले भनेका छन्।

उनले कुन पार्टीबाट चुनाव लड्ने उल्लेख गरेका छैनन्। यद्यपि पछिल्लो समय उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्नेमा भूमिका खेलेका थिए।

गत निर्वाचनमा गोरखा-१ मा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।साभार:सेताेपाटी

Related posts

माधव नेपाल रौतहट १ बाट चुनाव लड्ने

MadhesKhabar

सांसद यादवको प्रश्न: हुलाकी सडक निर्माणमा यति ढिलासुस्ती किन ?

MadhesKhabar

जसपा नेपालबाट फुटेर बनेको अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

MadhesKhabar

Leave a Comment