Madhes Khabar
राजनीति

खानेपानीमन्त्री यादव र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

काठमाडौं, १० असोज :खानेपानीमन्त्री प्रदीप यादवसँग भुटानका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो जेम छिरिङले आज शिष्टाचार भेट गरेका छन् ।

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्री स्तरीय शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका भुटानका उर्जामन्त्री मन्त्री छिरिङले खानेपानी मन्त्री यादवसंग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा मन्त्री यादवले नेपाल र भुटानबिच प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूपरिवेष्टित हिमाली भूगोल, विकास चुनौती, र जलवायु परिवर्तनका साझा मुद्दाहरूमा सहकार्यको सम्भावना औँल्याए। उनले भने, “दुवै देशले पानी प्रशोधन र ढल व्यवस्थापनको क्षेत्रमा प्रभावकारी अनुभव र प्रविधिहरू आदानप्रदान गर्न सक्छन् ।“ यादवले दुवै देशले पानीको नोक्सानी घटाउने, पानी प्रशोधन प्लान्ट र ढल प्रणाली सञ्चालनमा प्राविधिक सीप आदानप्रदान गर्ने संयुक्त कार्यक्रमको महत्वमा जोड दिए।

मन्त्री यादवले पानीको गुणस्तर अनुगमन र नदी तथा खोलामा प्रदूषकहरूको मूल्याङ्कन गर्ने संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न नेपाल र भुटानबिच सहकार्य हुनुपर्ने बताए। विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने पानी प्रशोधन प्रणाली र गुरुत्वआधारित प्रविधिहरू जस्ता कम लागतका समाधानहरू प्रवर्द्धन गर्न सहकार्यको प्रस्तावपनि उनले राखे ।

भुटानले वातावरणमैत्री ढल व्यवस्थापनमा गरेको प्रगतिको प्रशंसा गर्दै मन्त्री यादवले यस क्षेत्रका दिगो प्रविधिहरू नेपालमा पनि भित्र्याउन सकिने जिकिर गरे।उनले ढलबाट बायोग्यास उत्पादनजस्ता विधिहरूबाट दुवै देशले नवीकरणीय ऊर्जामा योगदान गर्न सक्ने सम्भावना औँल्याए ।

भुटानी मन्त्री छिरिङले नेपाल र भुटानबिचको व्यापार सिधा हुनुपर्नेमा जोड दिँदै भारतको बाटो हुँदै व्यापार गर्दा भुटानी उत्पादन महँगो हुने गरेको उल्लेख गरे। उनले नेपालमा भुटानको चामल र आलु लोकप्रिय भएको तर महँगो पर्ने समस्या समाधानका लागि सिधा व्यापारको आवश्यकता औँल्याए।साथै, उनले धार्मिक पर्यटनमा भुटानी नागरिकलाई नेपाल भ्रमणका लागि सहजता प्रदान गर्नुपर्ने धारणा राखे।

भेटका क्रममा भुटानी मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन र जलस्रोत क्षेत्रको प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्नेमा जोड दिदैं मन्त्री यादवलाई भुटान भ्रमणको निम्तो पनि दिए ।

 

Related posts

माओवादी बैठक : राष्ट्रपति बारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

MadhesKhabar

ठाकुरराममा स्ववियु चुनाव हुनै पर्ने माग गर्दै विधार्थी नेताहरु अनसनमा

MadhesKhabar

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment