Madhes Khabar
राजनीति

कीर्तिपुर नगरपालिकाकाे मेयरमा कांग्रेसका डंगाेल विजयी

काठमाडौँ,१७मंसिर:कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् ।

 

डंगोलका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए ।

यसअघि २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो ।

२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा २०७९ काे चुनावमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए । कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए ।

त्यस्तै आइतबार नै भएको उपनिर्वाचनमा कीर्तिपुर-१ र कीर्तिपुर-४ मा कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन् ।

Related posts

नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै

MadhesKhabar

पर्सा २ मा सुविधा सम्पन्न बृद्धाश्रम र प्राविधीक कलेज बनाउछु : अजय चौरसिया

MadhesKhabar

खानेपानी मन्त्री यादवको दाबी: आगामी वर्षमा ५७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउँछौं

MadhesKhabar

Leave a Comment