Madhes Khabar
राजनीति

खानेपानी मन्त्री यादवको दाबी: आगामी वर्षमा ५७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउँछौं

काठमाडौं,८चैत : खानेपानीमन्त्री प्रदीप यादवले अबको एक वर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै खानेपानी मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुराउन सफल भएको भन्दै आगामी एक वर्षभित्रमा ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन् ।

उनले यसका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले आगामी आर्थिक वर्षको बजेटमा स्वच्छ खानेपानीका लागि विशेष व्यवस्था मिलाउने जानकारी दिए । मन्त्री यादवले तराई मधेशमा सुख्खा मौसममा देखिने खानेपानी समस्या समाधान गर्नका लागि डिप ट्युवेलमार्फत् खानेपानी आपूर्ति बनाउने योजना कार्यान्वयनमा रहेको बताए । यसका लागि सम्बन्धित खानेपानी आयोजना कार्यालयहरूबाट डिप ट्युवेल निर्माणको कार्य अघि बढेको उनको भनाइ छ । उनले मकवानपुरको राप्ती खोलाका साथै सुनकोशी डाइभरर्सनबाट समेत खानेपानीको आपूर्ति गर्नका लागि डिजाइनको प्रक्रिया अघि बढेको उल्लेख गरे।

उनले विभिन्न जिल्लामा गरी २०० भन्दा बढि खानेपानी ट्यांकी बनेर तयार भएपनि सञ्चालनमा आउन नसकेको भन्दै मन्त्रालयले सहजीकरण गरेर त्यसलाई सञ्चालनमा ल्याइने बताए । उनले देशभर नै खानेपानीको समस्या दिर्घकालीन रुपमा समाधान गर्न मुहानको संरक्षण गर्दै लाने र खानेपानीका विषयमा राजनीतिकरण हुन नदिने स्पष्ट पारे।

 

Related posts

रवि पक्राउको विरोधमा वीरगन्जमा पनि प्रदर्शन, निकालियो सरकारको शव यात्रा

MadhesKhabar

रास्वपाले टुंगो लगायो समानुपातिकका ५७ सांसदको नाम : मधेसीतर्फ कति जना परे ?

MadhesKhabar

पर्साको धोविनी–४ मा कांग्रेस रमेश रिजालको जोशीलो नाराः ‘कांग्रेसके जिताके बनाई युवाके सरकार’

MadhesKhabar

Leave a Comment