Madhes Khabar
राजनीति हेडलाइन

पर्साको धोविनी–४ मा कांग्रेस रमेश रिजालको जोशीलो नाराः ‘कांग्रेसके जिताके बनाई युवाके सरकार’


वीरगंज २३,माघ : पर्सा जिल्लाको धोविनी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत बखरी टोला र लंगडी क्षेत्रमा पर्सा क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजालले आज बुधबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै रिजालले लोकतन्त्रको रक्षा, विकासको लहर र जनताको अधिकार स्थापित गर्न नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गरेका छन्।  रिजालले यसअघि आफू निर्वाचित भएपछि क्षेत्रको विकासका लागि सक्दो पहल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि अझ तीव्र रूपमा विकास निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा सहभागी अगुवा नेता तथा कार्यकर्ताहरूले संविधान र लोकतन्त्रको पक्षमा काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउँदै विभिन्न नारा लगाएका थिए। कार्यक्रममा “संविधानके रक्षा आ लोकतन्त्रके पुकार, काँग्रेसके जिताके बनाई युवाके सरकार”,“कुछ विकास भईल बा, कुछ बाकी बा”,“काँग्रेसके साथ विकासके बात”,“पुरा करीहेन रमेश रिजाल” जस्ता नाराले गाउँबस्ती गुञ्जायमान बनेको थियो।

स्थानीयवासीहरूले पनि विकास र अधिकारको पक्षमा रिजालको अभियानलाई सकारात्मक रूपमा लिएको बताइएको छ। घरदैलो अभियानलाई अझ व्यापक बनाउँदै रिजालले आगामी दिनमा पनि जनताको घरदैलोमै पुगेर समर्थन जुटाउने तयारी गरेका छन्।

Related posts

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा प्रवेश

MadhesKhabar

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्नेलाई वीरगन्ज महानगरद्वारा कारबाही

MadhesKhabar

Leave a Comment