Madhes Khabar
स्थानिय हेडलाइन

लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

वीरगन्ज,२८ बैशाखःनयाँ लुगा किन्दिन्छु भन्ने प्रलोभन दिएर एक नाबालिकालाई भारतको रक्सौलमा लगेर यौनधन्दामा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी २४ वर्षीया आलिया खातुन रहेकी छन्।

आलियाले नगवाकै विपन्न परिवारकी अन्दाजी १४ वर्षीया एक नाबालिकालाई नयाँ लुगा किन्दिने र पैसापनि दिने प्रलोभन दिएर बैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् । त्यहाँ आलियाले ती बालिकालाई विभिन्न लजमा ७ दिननसम्म राखेर यौनधन्दामा लगाएकी थिइन् ।

ती बालिकाका अभिभावकले छोरी घरबाट सम्पर्कविहिन भएपछि खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि खोजतलाशमा खटिएको प्रहरीले आलिया र ती बालिका दुवै जना आलियाको घरमा रहेको सूचना शुक्रबार मध्यरातमा पाएको थियो । शनिबार बिहान २ बजेतिर ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलियाको घरमा पुगेर छापा मारेर ती बालिकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीसंगको बयानका क्रममा पिडित बालिकाले आँफुलाई आलियाले झुक्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरुष ग्राहकसंग पैसा लिएर आँफुलाई यौनधन्दामा लगाएको बताएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेकी आलियाले यसभन्दा पहिलापनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौनधन्दामा लगाउने गरेको खुलेको छ ।

प्रहरी हिरासतमा रहेकी आलियाविरुद्ध मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

मिश्रले आँफुले पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हाले यताको पछिल्लो तीन महिनाको अवधिमा मात्रै जिल्ला प्रहरी कार्यालय पर्सामा मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा ८ वटा मुद्धा दर्ता भएको जानकारी दिए । उक्त मुद्धामा ८ जना पक्राउ परेको र तीमध्ये ५ जनालाई अनुसन्धान सकाएर पुर्पक्षाका लागि कारागारमा पठाइएको र बाँकी ३ जना अनुसन्धानकै क्रममा प्रहरी थुनामा रहेको प्रहरी उपरीक्षक मिश्रले बताए।

Related posts

अमेरिकाबाट वीरगन्ज आएको पार्सलमा गाँजा भेटियो

MadhesKhabar

सुकुम्बासीलाई निस्सा बाँड्दै अध्यक्ष यादवले भने :आजको दिन सखुवाप्रसौनीका लागि ऐतिहासिक दिन हो

MadhesKhabar

नारायणी अस्पतालमा बिरामीको अप्रेशन पनि निःशुल्क गराउने सांसद चौरसियाको घोषणा

MadhesKhabar

Leave a Comment