Madhes Khabar
स्थानिय

वीरगन्जमा ५२५ पिस लागुऔषध सहित मकवानपुरका कृष्ण पक्राउ

वीरगन्ज,२१कार्तिकः वीरगन्जको भन्सार क्षेत्रबाट प्रहरीले लागु औषध सहित एक जना पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर ६ घर भएका ४० वर्षिय कृष्णबहादुर राई रहेका छन् ।राईलाई लागुऔषध नाइट्रोभेट ५ सय ट्याब्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतको रक्सौलबाट पैदल आइरहेका राईलाई वीरगन्ज भन्सार क्षेत्रको रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्र्दा उनले बोकेको कालो रंगको प्लाष्टीकको झोलाभित्रबाट प्रतिबन्धित लागुऔषध नाईट्राभेट ट्याब्लेट ५ सय २५ बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको उनले बताए ।

Related posts

छिपहरमाई गाँउपालिकामा अख्तियारकाे छापा

MadhesKhabar

पर्साको ग्रामीण भेगमा सरकारी कार्यालयहरुको सेवा विस्तार गर्न धोबिनीका स्थानीयको माग

MadhesKhabar

सिधपुर–अकवनियामा रुपेश पाण्डेयको घरदैलो तीव्र, स्थानीयको उल्लेख्य सहभागिता

MadhesKhabar

Leave a Comment