Madhes Khabar
स्थानिय

वीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश बुधबार

मधेसखबर
वीरगन्ज,१०जे
ठः वीरगन्ज महानगगरको मेयर र उपमेयरमा जित हात हासिल गरेको खुशीयालीमा सत्तारुढ गठबन्धनले बुधबार संयुक्त विजय जुलुश निकाल्ने भएको छ ।
मङगलवार बेलुकी गठबन्धनका चार दलले विज्ञप्ति जारी गरेर बुधबार संयुक्त रुपमा धन्यवाद ज्ञापन तथा विजय जुलुश निकाल्ने निर्णय भएको जानकारी गराएका हुन् ।
आदर्शनगर रंगशाला परिसरबाट बुधबार बिहान १० बजे देखि विजय जुलुश निकाल्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । आदर्शनगरबाट शुरु हुने विजय जुलुशले नगरको परिक्रमा गर्नेछ । विजय जुलुशमा सहभागी भइ दिन गठबन्धनका सबै दलका नेता कार्यकर्ता र समर्थकहरुलाइ अपिल पनि गरिएको छ ।
यस्तै विज्ञप्ति मार्फत गठबन्धनका दललहरुले प्रतिगमनलाइ परास्त गर्न वीरगन्जवासी फेरि एक पटक सफल भएको जनाएका छन् । वीरगन्जको मेयर र उपमेयरमा प्राप्त जित , गठबन्धनको जित मात्र नभइ सम्पूर्ण वीरगन्जवासीको जित भएको भन्दै गठबन्धनका दलहरुले मेयरमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलमलाइ मत दिएर विजयी बनाएकोमा महानगरका सम्पूर्ण मतादातालाइ धन्यवाद ज्ञापन पनि गरेका छन् ।
गठबन्धनको विज्ञप्तिमा काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जसपा पर्साका अध्यक्ष रामनरेश यादव , नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा र नेकपा एकिकृत समाजवादी पोलिटब्यूरो सदस्य चिरन्जिवी आचार्यको हस्ताक्षर रहेको छ ।

Related posts

पत्रकार रजकका हत्यारालाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

MadhesKhabar

बिपिसी कलेजका एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर गरे आत्महत्याको प्रयास

MadhesKhabar

रेडक्रस साेसाइटी माइस्थान उपशाखाकाे साधारण सभा सम्पन्न

MadhesKhabar

Leave a Comment