Madhes Khabar
स्थानिय

रेडक्रस साेसाइटी माइस्थान उपशाखाकाे साधारण सभा सम्पन्न

मधेसखबर
वीरगन्ज ,३०पुस: वीरगन्जकाे माइस्थान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।

गीतामन्दिरको प्राङ्गणमा सम्पन्न साधरणसभामा उपशाखाका कोषाध्यक्ष सरोजा राणाले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन र सचिव गणेश प्रसाद साहले प्रगती प्रतिवेदन सर्वसम्मत पारित गरिएकाे थियाे ।

उपशाखाका सभापति मदन प्रसाद गुप्ताको अध्यक्षतामा आयाेजित साधरणसभामा रेडक्रसका जन्मदाता जाँ हेनरी डयुनाको तस्वीरमा अबिर, फुलमाला चढाएर कार्यक्रमकाे शुभारम्भ गरिएको थियाे ।

मधुसुदन उपाध्यायले शुभकामना मन्तव्य दिएकाे साधारण सभामा सुरेन्द्र सरार्फ, सन्दिप सरार्फ, प्रदिप गुप्ता, सन्तोष ज्यासवाल, उमेश गुप्ता लगायतको उपस्थिति रहेको आजिवन सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।

Related posts

वीरगन्ज महानगरका मेयर सरावगीले राजीनामा दिए

MadhesKhabar

वीरगन्जमा एकै पटकमा १४ हजार छात्राहरुलाई दिइयाे आत्मारक्षा तालिम

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तार सम्बन्धि मुद्दाको पेसी फेरि सर्‍यो,अब कहिले ?….

MadhesKhabar

Leave a Comment