Madhes Khabar
स्थानिय

रेडक्रस साेसाइटी माइस्थान उपशाखाकाे साधारण सभा सम्पन्न

मधेसखबर
वीरगन्ज ,३०पुस: वीरगन्जकाे माइस्थान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।

गीतामन्दिरको प्राङ्गणमा सम्पन्न साधरणसभामा उपशाखाका कोषाध्यक्ष सरोजा राणाले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन र सचिव गणेश प्रसाद साहले प्रगती प्रतिवेदन सर्वसम्मत पारित गरिएकाे थियाे ।

उपशाखाका सभापति मदन प्रसाद गुप्ताको अध्यक्षतामा आयाेजित साधरणसभामा रेडक्रसका जन्मदाता जाँ हेनरी डयुनाको तस्वीरमा अबिर, फुलमाला चढाएर कार्यक्रमकाे शुभारम्भ गरिएको थियाे ।

मधुसुदन उपाध्यायले शुभकामना मन्तव्य दिएकाे साधारण सभामा सुरेन्द्र सरार्फ, सन्दिप सरार्फ, प्रदिप गुप्ता, सन्तोष ज्यासवाल, उमेश गुप्ता लगायतको उपस्थिति रहेको आजिवन सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।

Related posts

वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

MadhesKhabar

महानगरले कडाई गरेपछि सिर्सिया नदीको प्रदुषण रोक्न तात्न थाले उद्योगहरु

MadhesKhabar

वीरगन्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : सांसद यादव

MadhesKhabar

Leave a Comment