Madhes Khabar
स्थानिय

बिपिसी कलेजका एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर गरे आत्महत्याको प्रयास

वीरगन्ज,१५कार्तिक : वीरगन्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक छात्रले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् ।बिपिसी कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षिय युवक राजीव महतोले बुधबारबिहान ६.३० मिनेटमा क्याम्पस भवनकै तेश्रो तल्लाबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका हुन् ।

बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ५ नकटुवा घर भएका महतोको अहिले वीरगन्जस्थित नारायणी मेडिसिटी बयोधा अस्पतलामा उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले जानकारी दिए । उनको खुट्टा भाँच्चिननुका साथै चिउडो र हातमापनि गम्भिर चोट लागेको उनले बताए ।

क्याम्पस हरि तुलाधरका अनुसार, क्याम्पसकी छिमेकी एक महिलाले बिहान ६.३० बजेतिर क्याम्पस भवनको पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर क्याम्पसका शिक्षक र विधार्थीहरुलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विधार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा उपुरयाएका थिए ।

प्रभु अस्पतालले रिफर गरेपछि उनको अहिले बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको क्याम्पस प्रमुख तुलाधर बताए ।महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरक्षिक शाहले बताए ।

Related posts

वीरगन्जमा सडकका कुकुरहरुकाे गरियाे नशबन्दी

MadhesKhabar

वीरगन्जमा बजार अनुगमन निरन्तर : तराई हस्पिटलको क्यान्टिनलाई ५० हजार जरिवाना

MadhesKhabar

पर्सा प्रहरीको ठूलाे सफलता : वीरगन्जमा अहिलेसम्मकै धेरै ब्राउन सुगरसहित ४ काराेबारी पक्राउ

MadhesKhabar

Leave a Comment