वीरगन्ज,१२पुस:वीरगन्जका सडकमा रहेका कुकुरहरुकाे बन्ध्यकरण गरिएको छ।सुमार्ग विन्दुआमा फाउन्डेसन (पशुपन्छी अधिकार जागरण समूह) र नेपाल भेटेनरी एसोसिएसन मधेश प्रदेशकाे संयुक्त आयोजनामा वडा नम्बर २ स्थित राधाकृष्ण मन्दिर अगाडि तथा वरपरका क्षेत्रमा सामुदायिक कुकुरहरूको बन्ध्याकरण (नशबन्दी) गरिएको छ।
वीरगन्जका सडकमा अनियन्त्रित रूपमा बढ्दै गएको कुकुरको संख्या नियन्त्रण गर्नुका साथै मानव–पशु सहअस्तित्वलाई सुदृढ बनाउने उदेश्यले सामुदायिक कुकुरहरुकाे बन्ध्यकरण गरिएको सुमार्ग विन्दुआमा फाउन्डेसनकी अध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिभा कोइरालाले बताइन्।
उनलेले स्थानीय सरकार, सरोकारवाला निकाय तथा आम नागरिकको आपसी सहकार्य र हातेमालो भएमा मात्र यस्ता अभियानलाई निरन्तरता दिने बताइन्।

