Madhes Khabar
राजनीति हेडलाइन

जसपाकाे केन्द्रीय कार्यकारिणी सदस्यमा मधेस प्रदेशबाट वीरगन्जका मेयर सिंह मनाेनित

वीरगन्ज,२५मंसिर:जनता समाजवादी पार्टी(जसपा) काे केन्द्रीय कार्यकारिणी सदस्यमा मधेस प्रदेशबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मनाेनित भएका छन्।

 

काठमाडौंमा यहि मंसिर १७ गते जसपाका राष्ट्रिय अध्यक्ष अशाेक राईकाे अध्यक्षतामा बसेकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले मधेस प्रदेशबाट वीरगन्जका मेयर सिंहलाई केन्द्रीय कार्यकारिणी सदस्यमा मनाेनित गरेकाे हाे।सिंह यसअघ जसपाकाे केन्द्रीय कार्यसमिति सदस्य थिए।

 

यस्तै केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले नै जसपाकाे केन्द्रीय सदस्यमा पर्सा जिल्लाबाट अजय सर्राफ,नेक महमद अन्सारी,तबरेज अहमद, मुकेश द्विवेदी र सुनिता शर्मा गरी ५ जनालाई पनि मनाेनित गर्ने निर्णय गरकाे जसपाका उपमहासचिव समेत रहेका पूर्वमन्त्री प्रदीप यादवले बिहीबार जानकारी दिए।

 

 

केन्द्रीय सदस्यमा मनाेनित गरिएका सर्राफ जिल्ला समन्वय समिति पर्साका प्रमुख र अन्सारी पूर्व प्रमुख हुन्।यस्तै अहमद भुमि समस्या समाधान आयाेग पर्साका अध्यक्ष पनि हुन्।द्विवेदी भने पार्टीका युवा नेता हुन्।

 

बिहीबार वीरगन्जमा पर्सा जिल्लाबाट पार्टीका तर्फबाट आगामी फागुन २१ काे प्रतिनिधि सभा निर्वाचनका लागि बसेकाे जिल्लाका अगुवा नेताकार्यकर्ताकाे बैठकमा उपमहासचिव यादवले केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णयका बारेमा जानकारी गराएका हुन्।

Related posts

कांग्रेसले कैलाली–५ मा आरजुलाई दिएन टिकट, नरनारायण शाह बने उम्मेदवार

MadhesKhabar

सरकारी कार्यालयबाट बिचौलियाहरु पक्राउ पर्न थालेपछि पर्साका लेखापढी व्यवसायीहरु हडतालमा

MadhesKhabar

वीरगन्जका क्यासिनोहरुमा मुख्यमन्त्री सिंहको छड्के अनुगमन,नेपालीलाई पनि जुवा खेलाएको भेटियो

MadhesKhabar

Leave a Comment