वीरगन्ज,१४कार्तिकःबाराको महागढीमाई नगरपालिकास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरमा यो दसैं यता मात्रै नगद ९ लाख ६६ हजार ४१३ रुपैयाँ भेटी संकलन भएको छ ।
दसैंको घटस्थापनादेखि कात्तिक १३ गतेसम्म मन्दिर प्रांगणमा रखिएका चार वटा दान पेटिकाबाट ७ लाख ३५ हजार ३४१ रुपैयाँ तथा नदी रसिदबाट २ लाख ३१ ह्जार ७२ रुपैयाँ गरी कूल ९ लाख ६६ हजार ४१३ रुपैयाँ भेटी संकलन भएको हो ।साथै दान पेटीकाबाट पाँच वटा सुनको तिलहरी गरी ७ थान सुनको गहना र २६ थान चाँदीका गहनापनि भेटीका रुपमा संकलन भएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए ।
मेयर यादव, गढीमाई विकास समितिका पदाधिकारीको उपस्थितीमा दर्शनार्थीले चढाएको भेटी गणना गरिएको थियो ।
दानपेटिकाबाट संकलन भएको रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरिने मेयर यादवले बताए ।

