वीरगन्ज,१६भदौंःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वा चोकबाट मानव सेवा आश्रम वीरगन्ज शाखाले मानसिक अवस्था ठिक नभएकी एक महिलाको उद्धार गरेको छ ।
मानवसेवा आश्रम वीरगन्ज शाखाबाट खटिएको टोलीले सोमबार दिउँसो बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर भएकी अन्दाजी ४० वर्षीय महिलालाई उद्धार गरेको हो । आफ्नो नाम नायदा खातुन बताउने तर ठेगाना भने प्रष्ट बताउन नसक्ने ती महिलालाई उद्धार गरि वीरगन्जस्थित मानवसेवा आश्रममा ल्याइएको आश्रमका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
आश्रममा ल्याइए पश्चात् ती महिलालाई नुहाइ धुहाई गरेर सफसुग्घर बनाएपछि मनोरोग चिकित्सक डाक्टर भरत गोईतको निगरानीमा औषधि उपचार सुरु गरिएको उनले बताए ।
उद्धार कार्यमा आश्रमका संस्थापक गुप्तासंगै आश्रमका अभिभावका प्रकाश थारु, आश्रमकी संयोजक मुना मगगर, आश्रमका स्वंयसेवक सरोज वि.क, दिपेन्द्र चौधरी,प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार बब्लु सिंह , वडाध्यक्ष चतुरबाबु वाग्ले लगायतपनि सहभागि थिए ।

