Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा बजार अनुगमन निरन्तर : तराई हस्पिटलको क्यान्टिनलाई ५० हजार जरिवाना

वीरगन्ज,१ जेठ : वीरगन्जमा बजार अनुगमन टोलीले शुक्रबारपनि अनुगमन गर्दै अस्पतालभित्र सञ्चालित क्यान्टिन र होटललाई जरिवाना गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयको अगुवाईमा खटिएको संयुक्त अनुगमन टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित तराई हस्पिटल परिसरभित्र सञ्चालित क्यान्टिनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । तराई हस्पिटलभित्र सञ्चालित क्यान्टिन दर्ताबिनै सञ्चालन गरिएको, सरसफाइको अवस्था कमजोर रहेको तथा कामदारहरूले स्वच्छता मापदण्ड पालना नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड “ट” तथा दफा ३९ (१) को खण्ड “घ” अनुसार ५० हजार रुपैयाँ जरिबाना गरिएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

त्यसैगरी त्यही क्षेत्रमा रहेको ज्योती मगर होटललाई २० हजार रुपैयाँ र उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। बुद्ध होटललाई भने थप विवरणसहित जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पर्क राख्न निर्देशन दिइएको जानकारी उनले गराए ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका मधुरेश शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका श्रवण कुमार साह, उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका सदस्य प्रकाश कुमार शाह, वीरगन्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक रामकुमार थिङ लगायतकाको पनि सहभागिता रहेको थियो।

Related posts

वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

MadhesKhabar

टेष्ट राष्ट्र वेष्ट इन्डिजलाई पहिलाे पटक हराउँदै नेपालले रच्याे इतिहास

MadhesKhabar

चाेर्नीका स्थानीय भन्छन् : पासवानले महंगोमा जग्गा बेच्न खोजेका थिए, नकिनेपछि उजुरी र मिडियावाजी गरे

MadhesKhabar

Leave a Comment