वीरगन्ज,११असाेज:नेपालले टेष्ट राष्ट्र वेष्ट इन्डिजलाई पहिलाे पटक हराउँदै ईतिहास रचेको छ।
यूएईमा शनिबारदेखि सुरु भएको वेस्ट इन्डिजसंगको टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हाे ।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक-एक विकेट लिए ।
नेपालले दिएकाे १४९ रनकाे लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्याे।
युएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेटकाे नाेक्सानीमा १४७ रन बनाएकाे थियाे।
नेपालका लागि कप्तान राेहित पाैडेलले ३५ बलमा सर्वाधिक ३८ रन बनाए।कुशल मल्लले ३० र गुल्शन झाले २२ रन जाेडे।ओपनर ब्याटरद्वय कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाउँदै पेभेलियन फर्किएका थिए।
बलिङतर्फ वेष्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।
वेष्ट इन्डिज र नेपालबीचकाे तीन खेलको सिरिजमा दोस्रो खेल सोमबार र तेस्रो मंगलबार शारजाहमा हुनेछ ।

