Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज आएर दुर्गा प्रसाईले भने : अझै यस्ता ८ वटा अडियो मसंग छ , ती पनि सार्वजनिक गर्छु

मधेसखबर
वीरगन्ज,२१चैत : मानव बचाउ भन्ने नारा दिएर देशव्यापी अभियान चलाएका दुर्गा प्रसाईले नेपालको सबै भन्दा भ्रष्ट पार्टी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको आरोप लगाएका छन् ।

सोमबार वीरगन्जमा आयोजित विरोधसभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रसाईले भने,‘ रविको पार्टी त कांग्रृस एमाले र माओवादी भन्द्या बढि बढि भ्रष्ट निस्कियो ।

रास्वपाका निलम्बित सांसद ढाका बहादुर श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड रुपैया घुस मागेको अडियो आइतबार सार्वजनिक गरेका प्रसाईले भने,‘ जुन पार्टीमा मन्त्री बन्नका लागि सांसदले पार्टी अध्यक्षलाई दुई करोड घुस बुझाउनु पर्ने हुन्छ त्यो पार्टीले गरिब निमुखा जनतालाई उन्मुक्ति दिलाउने कुरा सम्भव नै छैन ।

कांग्रेस, कम्युनिष्ट र माओवादीले देश बिगारे भनेर खोलिएको रास्वपा पनि देश र जनतालाई लुट्नमै तल्लीन रहेको पुष्टि भइसकेको आरोप पनि प्रसाईले लगाए ।

अहिले एउटा मात्रै अडियो सार्वजनिक गरेको बताउँदै प्रसाईले अझै यस्ता ८ वटा अडियो आफुसंग रहेको पनि बताए । प्रसाईले भने,‘ ती ८ मध्ये अझै राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै ३ जनासँगको अडियो मसंग सुरक्षित छ । समय आएपछि ती अडियोपनि सार्वजनिक गर्दै जाने उनले बताए ।

उनले लघुवित्त तथा सहकारीको २० लाख सम्मको सबैको ऋण मिनाहा गर्ने प्रतिबद्धता पनि जनाए । उनले भने, ‘लघुवित्त र सहकारीमा यदि तपाईहरुको ऋण छ भने २० लाखभन्दा मुनीको कसैले पनि नदिनुहोला, माग्न आउनेलाई बरु मिलेर बाँधेर राख्नुहोला ।’ ब्याज नदिँदा जग्गा कब्जा गरेको भए जग्गा पनि फुकुवा गराइदिने उनले आश्वासन दिए ।

बैंक तथा लघुवित्तहरुको आतंक विरुद्ध आफुले देशव्यापी महाअभियान चलाउदा आफुलाइ जेल्न हाल्ने धम्की पनि आएको उनले बताए । तर त्यस्ता धम्कीबाट आफु नडराएको भन्दै उनले भने,‘ यो देश दलाल र सामन्तिका मतियारहरुको बाउको बपौती होइन , तीनका बाउहरुले बनाएको जेल पनि होइन , त्यसका कारण मलाई जेल हाल्न सक्ने औकात कसैको छैन ।

अहिलेको संसदमा गरिब , शोषित , पिडित जनतको आँखाको आंशु पुछ्ने कोहि पनि व्याक्ति नभएकाले उनिहरुबाट समृद्धि र परिवर्तनको आश गर्नु बेकार रहेको प्रसाईले जिकिर गरे । उनले भने,‘ त्यसकारण अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्नै पर्छ , यसका लागि सारा शोषित पिडित जनता सडकमा एकजुट भएर उत्रिनुपर्छ ।

राप्रपाबाट संघीय सांसदका प्रत्याशी बनेका नरेश साह कानुको अध्यक्षतामा भएको विरोधसभालाई हिन्दु युवा परिषदका केन्द्रिय अध्यक्ष सन्तोषानन्द महाराज लगायतले पनि सम्बोधन गरेका थिए ।

 

 

Related posts

पटेर्वा सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

MadhesKhabar

पत्रकार नेहाल खानकाे उपचारका लागि पत्रकार राघव साहले गरे ५१ हजार सहयाेग

MadhesKhabar

कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

MadhesKhabar

Leave a Comment