Madhes Khabar
शिक्षा हेडलाइन

पटेर्वा सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

प्रमोद यादव
पर्सा,१७चैतःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन केन्द्र सञ्चालन गरिएको छ। सुगौलीमा मुसहर र चामार समुदायका करिब ४० जना बालबालिकाका लागि मित्र फाउन्डेसन ललितपुरको सहयोगमा निःशुल्क ट्युसन केन्द्र सञ्चालन गरिएको हो । नियमित रूपमा विद्यालय नजाने, घरमा गृहकार्य नगर्ने समस्या देखिएपछि दलित बालबालिकालाई शिक्षामा अभिप्रेरित गर्न दुई महिनादेखि ट्युसन केन्द्र सञ्चालन गरिएको हो।

संस्थाका संस्थापक गोविन्द न्यौपानेका अनुसार ट्युसन कक्षा प्रत्येक दिन करिब डेढदेखि दुई घन्टा सञ्चालन हुदैं आएको छ । त्यसका लागि ट्युसन सञ्चालनको जिम्मेवारी सहजकर्ता प्रतिमा कुमारी रामलाई दिइएको छ ।

शनिबार स्थानीय जनप्रतितनिधीसहितको टोलीले ट्युसन केन्द्रको स्थलगत अनुगमनपनि गरेको छ ।वडाध्यक्ष बासु पजियारको अगुवाईमा अनुगमन गरिएको हो ।अनुगमन टोलीमा संस्थाका प्रेम घिमिरे, सामाजिक अभियन्ता प्रकाश थारु, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव, बीबीसी नेपाली सेवाकी संवाददाता माधुरी महतो लगायतकाको सहभागिता रहेको थियो।

उक्त टोलीले पटेर्वा सुगौली ४ कै पथलवाघाटको दलित बस्तीको समेत निरीक्षण गरेको थियो ।उक्त बस्तीमा मुसहर, चामार, दुसाध लगायतका करिब २०० जनाको बसोबास छ। तर, त्यहाँका ७० भन्दा बढी बालबालिका अझै विद्यालय शिक्षाबाट बञ्चित रहेको स्थानीय राजु माझीले बताए । उनका अनुसार ती बालबालिका वनदेवी आधारभूत विद्यालयमा भर्ना भएपनि नियमित रुपमा विद्यालय नजाने गरेका छन्।

केही समयअघि शिक्षिका सुस्मिता कुमारीले उनीहरूलाई ट्युसन पढाएर विद्यालयसम्म ल्याउने प्रयास गरेकी थिइन्। तर, उनले ट्युसन पढाउन छोडेपछि बालबालिका पुनः अनियमित हुन थालेका छन्।

वडा नम्बर ४ का वडा सदस्य शिवशंकर राउतका अनुसार वर्तमान प्रविधियुक्त युगमा पनि दलित बालबालिकाले विद्यालयको पहुँच नपाउनु दुर्भाग्यपूर्ण अवस्था हो ।मित्र फाउन्डेसन ललितपुरका संस्थापक गोविन्द न्यौपानेले अनुगमन टोलीले पथलवाघाटको दलित बस्तीमा शिक्षाको दयनीय अवस्था देखेपछि समाधानका लागि पहल गर्ने निर्णय गरिएको बताए। निकट भविष्यमा स्थानीय विद्यालयसँग समन्वय गरी ट्युसन कक्षा पुनः सञ्चालन गर्ने र शिक्षा प्रवद्र्धनका लागि थप सहयोग उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए।

Related posts

मलको समस्या लिएर काठमाण्डौ पुगे सांसद चौरसिया : पर्साको लागि तत्काल कोटा थप्न माग

MadhesKhabar

भारतविरुद्ध वीरगन्जका आशिफले बनाए सानदार अर्धशतक

MadhesKhabar

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment