Madhes Khabar
स्थानिय हेडलाइन

डेढ महिनामा वीरगन्ज महानगरकाे आन्तरिक आम्दानी साढे सात कराेड

मधेसखबर
वीरगन्ज ,१९ भदौं : वीरगन्ज महानगरपालिकाले डेढ महिनामा करिब साढे ७ करोड भन्दा बढी आन्तरिक आय संकलन गरेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि भदौ १७ गतेसम्म महानगरले ७ करोड ४३ लाख ३० हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो ।

महानगरपालिकाले सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेसन दस्तुर, घर बहाल कर, सवारी साधन कर, पूर्वाधार उपयोगमा लाग्ने कर, आखेटोपहारमा लाग्ने कर, न्यायिक, नक्सापास, सिफारिस तथा नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता लगायतका शीर्षकमा आन्तरिक आम्दानी गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा आन्तरिक आय ९८ करोड २१ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य महानगरले राखेको छ । महानगर बन्नका लागि बार्षिक आन्तरिक आम्दानी १ अर्ब रुपैयाँभन्दा माथि हुनुपर्ने उल्लेख छ । तर स्थानीय सरकार गठन भई एक कार्यकाल वितिसक्दा समेत वीरगन्ज महानगरपालिकाले १ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सेकेको छैन ।

सम्पत्ति कर लगायत केहि राजस्व शीर्षकको दर घटाए पनि लक्ष्य अनुसार राजस्व संकलन हुने राजस्व शाखाका अधिकृत मनोज कर्णको दावी छ । ‘कवाडी कर नै साढे ६ करोडमा ठेक्का लागेको छ, मालपोत रजिष्ट्रेसनको पैसा पनि आउँछ । सम्पत्ति करमा ठूला करदाताको नै करोडौं बक्यौता छ’, उनले भने, ‘सम्पत्ति करको लक्ष्य जम्मा १६ करोड रुपैयाँ राखिएकोमा डेढ महिनामा २ करोड रुपैयाँ आइसकेको छ । त्यसैले लक्ष्य अनुसारकै राजस्व संकलन हुने विश्वास छ ।’ साभार: अनलाइनखबर

Related posts

अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ

MadhesKhabar

वीरगन्जको सिद्धार्थ बैंकमा भीषण आगलागी, निभाउने प्रयास जारी

MadhesKhabar

वीरगन्जका पूर्व मेयर सरावगीले छाडे एमाले, अब फेरि जसपामा फर्किने चर्चा !

MadhesKhabar

Leave a Comment