Madhes Khabar
स्थानिय

वीरगन्जको सिद्धार्थ बैंकमा भीषण आगलागी, निभाउने प्रयास जारी

वीरगन्ज,१७असारःवीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगो लागेको छ ।बैंक कार्यालय रहेको भवनको दोश्रो तल्लामा सोमबार अपरान्हदेखि आगो लगेको हो ।

बैंक भवनमा लागेको आगो अहिले चार वटा वारुण यन्त्रको सहयोगमा निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । आगो अझैपनि नियन्त्रणमा आउन नसकेकाले पोखरिया नगरपालिका र बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाटपनि थप वारुण यन्त्र मगाँइएको उनले बताए ।

बैंक कार्यालयको भवनमा आगो कसरी लागेको खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

Related posts

वीरगन्जको सिर्सिया पुलमा भएको सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

MadhesKhabar

अपडेट :होटलको कोठाबाट बुवा–छोराको शव निकालेर प्रहरीले नारायणी अस्पतालमा पठायो

MadhesKhabar

वीरगन्जको लागि विशेष प्याकेज ल्याउन लागिपरेको छु : सांसद यादव

MadhesKhabar

Leave a Comment