Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज नाकामा सुरक्षा जाँचलाई व्यवस्थित बनाउन सुरक्षा पोष्ट निर्माण,मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,१४माघःनेपाल घुम्न आउने भारतीय पर्यटकको सुरक्षा जाँचका साथै नाकाको सुरक्षा अवस्थालाई थप व्यवस्थित बनाउन वीरगन्ज नाकाको मितेरी पुलमा नवनिर्मित एकिकृत सीमा सुरक्षा जाँच पोष्टको उद्घाटन गरिएको छ ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मितेरी पुलमा नवनिर्मित सुरक्षा जाँच पोष्टको बुधबार उद्घाटन गरेका हुन् ।

वीरगन्ज महानगरपालिकाको सहयोग र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साको समन्वयमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले वीरगन्ज नाकाको मितेरी पुलमा सीमा सुरक्षा जाँच पोष्ट निर्माण गरेको हो । वीरगन्ज महानगरपालिकाले थालेको वीरगन्ज नाकामा अवस्थित “मितेरी पुल सीमा सौन्दर्यकरण अभियान” अन्तर्गत सीमा सुरक्षा जाँच पोष्टपनि निर्माण गरिएको हो ।

बुधबार भएको उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटवाल,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण लगायतकाको पनि उपस्थिती थियो ।

वीरगन्ज नाका हुदैं नेपाल घुम्न आउने भारतीय पर्यटकको सुरक्षा जाँचलाई व्यवस्थित बनाउन वीरगन्ज नाकाको प्रवेशद्धारमै नेपाल प्रहरी र सशस्त्र प्रहरी संगै तैनाथ रहने एकिकृत सीमा सुरक्षा पोष्ट निर्माण गरिएको पर्साका प्रहरी उपरीक्षक पाठकले बताए ।
यसअघि वीरगन्ज नाका हुदैं नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्सा जिल्लाको अन्तिम सिमनामा गण्डकसम्म गरी ठाँउठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा चेकजाँच गर्दा भारतीय पर्यटकले हैरानी खेप्पदै आएका थिए ।

त्यसैलाई मध्यनजर गरी अब वीरगन्ज रक्सौल नाकामा नेपलतर्फको मितेरी पुल छेउमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकिकृत सुरक्षाबीट निर्माण गरिएको पाठकले बताए । हाल नेपाल प्रवेश गर्ने भारतीय सवारी सधानलाई नाकादेखि पर्सा जिल्लाको अन्तिम सिमनासम्म ठाँउ ठाँउमा तैनान नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गर्दै आएका कारण पर्यटकलाई हैरानी हुदैं आएको जनगुनासोलाई सम्बोधन गर्न नाकामा एकिकृत सुरक्षा बीट निर्माण गरिएको उनले बताए ।

उनका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै कार्यरत रहने एकिकृत सुरक्षा बीटमा सुरक्षाकर्मीले चेकजाँच गरेका भन्सार इन्ट्री भएका भारतीय सवारी साधनलाई विशेष सुचना बाहेक पर्सा जिल्लाभरमा अन्त कहिपनि सुरक्षाकर्मीले चेकजाँच नगर्ने बताए ।
यसले भारतबाट घुम्न आउने भारतीय पर्यटकलाई सुरक्षा चेकजाँचको अनावश्यक हैरानी खेप्न नपर्ने उनले बताए ।

Related posts

पानीको संकटले ब्याकुल वीरगन्जबासीको घरदैलोमा संगै पुगे मन्त्रीद्वय यादव र चौरसिया

MadhesKhabar

पर्साको पटेर्वा सुगौलीमा सुरक्षा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न

MadhesKhabar

सखुवा प्रसौनी गाँउपालिकाको गाँउसभा सम्पन्न, नीति तथा कार्यक्रमको प्राथमिकतामा शिक्षा ,स्वास्थ्य र कृषि

MadhesKhabar

Leave a Comment