Madhes Khabar
कृषि हेडलाइन

वीरगन्ज महानगरले आयाेजना गरेकाे बाली उपचार शिविरबाट किसानहरु लाभान्वित

वीरगन्ज ,९चैत : वीरगमा बाली उपचार शिविर सम्पन्न भएकाे छ ।वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा बुधबार वीरगन्ज २१ परवानीपुर स्थित खेलमैदानमा बाली उपचार शिविर सम्पन्न भएकाे हाे ।

बुधबार बिहान १० देखि साँझ ५ बजे सम्म चलेको शिविरमा करिब १ सय ६० जना कृषकले विभिन्न बालीको समस्या लिएर आएको र जैविक विषादी लगायत रासायनिक विषादी तथा सुक्ष्म पोषक तत्वहरू र बिरुवा वृद्धि नियामकहरू उपलब्ध गराइएको वीरगन्ज महानगरपालिकाकि कृषि अधिकृत उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

कृषकहरूले शिविरमा आ-आफ्नो बाली नालीको डाँठ, पात, जरा (समस्या भएको भाग ) वा फोटो लिएर आए बमोजिम रोग र समस्या अनुसारको समाधान गरिएको कृषि अधिकृत श्रेष्ठले बताइन् ।

उनका अनुसार शिविरमा तरकारी र आँपमा धेरै समस्या भएकाे पाइएको थियो ।

कृषकहरूको समस्यालाई समाधान गर्न वीरगन्ज महानगरपालिकाले शिविरको आयोजना गरेको महानगरका मेयर राजेशमान सिंहले बताए ।

महानगरले आर्थिक वर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अनुसार शिविर आयोजना गरि बालीनालीमा लाग्ने रोगहरुका कारण कृषकलाई हुने समस्या समाधानका लागि पहल स्वरुप शिविरकाे आयाेजना गरिएको मेयर सिंहले बताए ।

शिविरमा कृषि ज्ञान केन्द्र पर्साका समसुल हक मिया, वीरगन्ज महानगरपालिकाकि कृषि अधिकृत उर्मिला श्रेष्ठ,सलिना क्षेत्री लगायतको उपस्थिति थियो ।

Related posts

गाँउघरमै उद्यम गरेर राम्रो आम्दानी गर्दैछन् मधेसका युवा र महिलाहरु

MadhesKhabar

वीरगन्जको पानीटंकी क्षेत्रका अधिकांश प्याथोलोजी ल्याबहरु स्वीकृति बेगर नै संचालन

MadhesKhabar

सरकारी विद्यालयकाे बेथिती : जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे

MadhesKhabar

Leave a Comment