
मधेसखबर
वीरगन्ज,२५ भदौं : वीरगन्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुरयाउने उदेश्यले आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुुरु गर्दैछ ।
स्थानीय तहको निर्वाचनका बेला मेयर राजशेमान सिंहले गरेको चुनावी प्रतिबद्धता अनुसार , आइतबार देखि “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गर्न लागिएको हो ।
पहिलो दिन आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“को शुम्भारम्भ गरिने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।
चुनावका बोला मेयर सिंहले गरेकाो चुनावी प्रतिबद्धता पुरा गर्न र नगरवासीको चाहनालाई मध्यनजर गर्दै “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरूवात गर्न लागिएको घिमिरेले बताए ।

“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“मा मोबाईल स्वास्थ्य परिक्षण प्रयोगशाला र एम्बुलेन्स सहित चिकित्सक, मेडिकल अफिसर, नर्स र हेल्थ असिस्टेन्ट समेतको संयुक्त टोलीले वडा वडामा पुगेर नगरवासीलाइ आवश्यक स्वास्थ्य उपचार सेवा निशुल्क प्रदान गर्ने घिमिरेले जानकारी दिए ।
“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ मा नगरवासीलाइ निशुल्क चिकित्सकीय परामर्श सेवा, निशुल्क ल्याब सेवा तथा निशुल्क औषधी पनि वितरण गरिने उनले बताए ।

