Madhes Khabar
समाचार हेडलाइन

पर्साकाे धाेरेमा हुण्डीकाे १५ लाख नगदसहित एक युवक पक्राउ

वीरगन्ज,८मंसिर:पर्साकाे पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर १ धाेरेबाट श्राेत नखुलेकाे नेपाली १५ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा धाेरेकै ३४ वर्षीय अवधेश पटेल रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार,आइतबार चेकजाँचमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले भारततिरबाट आँउदै गरेका पटेलले हाँकेकाे बीआर २२ए एफ ४१२६ नम्बरको माेटरसाइकल राेकेर चेकजाँच गरेकोे थियाे।त्यसक्रममा उक्त माेटरसाइकलमा रहेकाे झाेलाबाट नगद १५ लाख रुपैयाँ फेला परेकाे पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

 

बरामद गरिएको रकमकाे पटेलले स्राेत खुलाउन नसकेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बस्नेतले बताए ।बरामद रकम हुण्डी काराेबारकाे रहेकाेपनि उनले बताए ।

 

रकम र माेटरसाइकलसहित नियन्त्रणमा लिइएका पटेललाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध मुलुकी अपराध संहिता २०७४ काे दफा १२५ काे क बमोजिम कसुरमा अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए।

Related posts

एसईई : पर्सामा केन्द्राध्यक्षसहित ५ जना पक्राउ

MadhesKhabar

युवा नेता ओमप्रकाश सर्राफ जनमत पार्टीमा प्रवेश

MadhesKhabar

प्रभु साह र उपेन्द्र यादवकाे टकरावले रौतहटमा बढ्दैछ राजनीतिक तनाव

MadhesKhabar

Leave a Comment