Madhes Khabar
समाचार

वीरगन्जमा ८७८ एम्पुल लागूऔषधसहित दुई भारतीय महिला पक्राउ

वीरगन्ज,२२फाल्गुनःवीरगन्जबाट प्रहरीले नेपालामा प्रतिबन्धित लागूऔषधसहित दुईजना महिलालाई पक्राउ गरेको छ ।भारतको रक्सौलबाट लागुऔषध लिएर वीरगन्ज आउँदै गरेको अवस्थामा दुई भारतीय महिलालाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको जिल्ला पूर्वी चम्पारणको रामगढवा घर भएकी ४३ बर्षिया रुकसाना खातुन र त्यँही ठाउँकी २० बर्षिया अपसना खातुन रहेका छन् ।

रक्सौलबाट पैदल आइरहेका दुवै महिलालाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा रुकसानाको साथबाट बुप्रेनोर्फिन १४४ एम्पुल, डाइजेपाम १४९ एम्पुल र फेनरागन १३१ एम्पुल तथा अपसानाको साथबाट बुप्रेनोर्फिन१४८ एम्पुल, डाइजेपाम १४७ एम्पुल, फेनरागन १४७ एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

दुवै महिलाको साथबाट गरी ८७८ एम्पुल लागूऔषध बरामद भएको उनले बताए ।दुवै जनालाई प्रहरीको हिरासतमा राखेर लागूऔषध कसूर सम्बन्धी मुद्धामा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

Related posts

वीरगन्ज महानगरभर निःशुल्क खानेपानी वितरण गर्ने मन्त्री यादवको प्रतिबद्धता

MadhesKhabar

वाइ वाइ चाउचाउकाे मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहकलाई झुक्याइएको आरोप

MadhesKhabar

बाराको इटियाही बजारमा सोनलले गरे टावर लाइटको उद्घाटन

MadhesKhabar

Leave a Comment