वीरगन्ज,४असारःपर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ति चोकबाट प्रहरीले लागू औषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वासुगौली गाँउपालिका –१ का ४० वर्षीय विनोद गिरी, वडा नम्बर ५ का ३३ वर्षीये प्रदिप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षीय रामेश्वर राउत रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ति चोकमा वीरगन्जबाट भारतको रक्सौलतर्फ जाँदै गरेका ना.४६ प २५४० र ना.४० प ६४६९ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ना ४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार रामेश्वर र गिरीको साथमा रहेको प्लाष्टिकको झोलाभित्रबाट अफिम १ केजी बरामद भएको प्रहरीले जनाएको छ ।उनिहरुसंगै रहेका ना.४६ प २५४० नम्बरको मोटरसाइकलमा सवार प्रदिप र सुनिलपनि अफिम तस्करीमा संल्गन रहेको भेटिएपछि उनिहरुलाईपनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
अफिम र दुवै मोटरसाइकलसहित नियन्त्रणमा लिइएका चारै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध लागू औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए।

