Madhes Khabar
समाचार

समाजवादी किसान महासंघको उपमहासचिवमा पर्साका तबरेज अहमद

मधेसखबर
वीरगन्ज, २३ भदौं : जनता समाजवादी पार्टी (जसपा )निकटको समाजवादी किसान महासंघ नेपालको केन्द्रिय उपमहासचिवमा पर्साका युवा नेता तबरेज अहमद चयन भएका छन् ।

यहि भदौ ३ र ४ गते सम्पन्न भेलाले चयन गरेको समाजजवादी किसान महासंघको केन्द्रिय कार्य समितिले केन्द्रिय उपमहासचिवमा अहमदलाइ मनोनित गरेको हो ।

अहमद , जसपाको पर्सा जिल्ला सचिव र राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष पनि हुन् । आगामी निर्वाचनका लागि जसपा पर्साले पर्साको क्षेत्र नम्बर ४ को संघीय सांसदमा प्रत्यक्ष तर्फ उनको नाम पनि सिफारिस गरेको छ ।

समाजवादी किसान महासंघको केन्द्रिय अध्यक्ष मोरङका सन्जय सिंह , उपाध्यक्षमा खोटाङका बच्चु राइ ,झापाका विष्णुलाल मेचे , सुनसरीकी सीता यादव र सप्तरीका श्री प्रसाद भगत , महासचिवमा ललितपुरका ओमकृष्ण श्रेष्ठ र उपमहाासचिवमै सिरहाका टिका प्रसाद मोक्तान रहेका छन् ।

Related posts

पर्साका पटेलसहित दुई हुण्डी कारोबारी बारामा पक्राउ, १३ लाख ५० हजार नगदपनि बरामद

MadhesKhabar

वीरगंजमा सार्वजनिक शिक्षा सुदृढिकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

MadhesKhabar

नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

MadhesKhabar

Leave a Comment