Madhes Khabar
राजनीति समाचार

आगामी निर्वाचनमा पनि पर्सा जिल्लामा जसपाले कब्जा जमाउछ : वन मन्त्री प्रदीप यादव

मधेसखबर
वीरगन्ज,२९ असार वन तथा वातावरण मन्त्रि प्रदिप यादवले आगामी संघ र प्रदेशको निर्वाचनमा पर्सा जिल्लामा जसपाले कब्जा गर्ने बताएका छन्।

वीरगन्जमा बुधबार देखि शुरू भएको जसपाको केन्द्रीय समितिको बैठकमा बोल्दै यादवले भने, “आगामी निर्वाचनमा पर्साका चार वटै संसदीय निर्वाचन क्षेत्र र आठ वटै प्रदेस निर्वाचन क्षेत्र जसपाले नै जितेर पुरै जिल्ला मा कब्जा जमाउछ यो विश्वास दिलाउछु ।”

हरेक निर्वाचन भन्दा पहिले पार्टीलाइ फुटाउने षडयन्त्र हुदै आएको भन्दै यादवले भने, “अहिले पनि चुनाव अगाडि जसपा फुटाउने षडयन्त्र केही शक्तिले षडयन्त्र गर्दै छन् तर त्यो षडयन्त्र कुनैपनि हालतमा सफल हुन सक्दैन।”

नाम जे भएपनि जसपा आन्दोलनको जगबाट बनेको पार्टी भएको र उपेन्द्र यादव जस्तो राजनेता अध्यक्ष भएकाले यो पार्टीलाइ कसैले पनि फुटाउन वा तहशनहश पार्न नसक्ने उनले बताए।

जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शुरु बैठकमा वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतको सहभागीता छ ।

Related posts

वीरगन्ज महानगरका मेयर सरावगीले राजीनामा दिए

MadhesKhabar

जेनजी आन्दोलनले उठाएको भष्ट्राचारको अन्त्य र सुशासनकाे मागप्रति मेराे समर्थन छ:मुख्यमन्त्री साेनल

MadhesKhabar

स्व.पत्रकार नरेश सर्राफ तेस्रो स्मृति सभा गर्ने समाजवादी प्रेस संगठन पर्साको निर्णय

MadhesKhabar

Leave a Comment