Madhes Khabar
राजनीति

सामान्य प्रशासनमन्त्री गुप्तालाई भेटेर मुख्यमन्त्री सिंहले भने :मधेसमा कर्मचारीहरु जानै मान्दैनन्

काठमाडौं,२८भदाैं: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहबीच भेटवार्ता भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार भएको भेटमा दुवै मन्त्रीबीच मधेस प्रदेशका विभिन्न समस्याहरुका विषयमा छलफल भयाे। ।

भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा कर्मचारीहरु जान नमान्ने र गएकाहरू पनि दक्ष नहुँदा कार्य सम्पादनमा समस्या भइहेको मन्त्री गुप्तालाई जानकारी गराए । सरकारी कार्यालयहरूका कार्यसम्पादनमा समस्या आउँदा सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेको भन्दै उनले मधेस प्रदेशमा दक्ष र अनुभवी कर्मचारीहरु पठाउन आग्रहपनि गरे ।

जवाफमा सामान्य प्रशासनमन्त्री गुप्ताले मधेस प्रदेशको समस्याबारे आफू स्वयं जानकार र चिन्तित रहेको बताए।उनले मधेस प्रदेशकाे समस्या समाधान हुनेगरी आफूले कदम चाल्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

Related posts

ठोरी गापा बोर्ड बैठकको पहिलो निर्णय -क्यान्सर, मृगौला र मुट रोगीलाई १५ हजार दिने

MadhesKhabar

महिला फुटबल टोलीकी कप्तान साम्बाको उपचारका लागि कांग्रेसले दियो ५ लाख

MadhesKhabar

प्रचण्ड नेतृत्वको सरकारलाई सबैले सहयोग गरौं : सांसद यादव

MadhesKhabar

Leave a Comment