Madhes Khabar
राजनीति

ठोरी गापा बोर्ड बैठकको पहिलो निर्णय -क्यान्सर, मृगौला र मुट रोगीलाई १५ हजार दिने

मधेसखबर
वीरगन्ज,२०जेठ ,: पर्साको ठोरी गाउँपालिकाको पहिलो बोर्ड बैठक शुक्रबार सम्पन्न भएको छ ।

गाउँपालिकाको कार्यालयमा बसेको बैठकले पहिलो कामको रुपमा ठोरी २ को टाउनप्लानदेखि सुन्दरबस्ती, तीनघरे, सरस्वता हुँदै ठोरी १ को चौतारासम्मको कच्ची सडक तत्काल स्तर उन्नति गर्ने निर्णय गरेको गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए।

बैठकले क्यान्सर, मृगौला रोगी, मुटुरोगी लगायत लाई तत्कालका लागि १५ हजार उपलब्ध गराउने र मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक. ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।

बैठकले महालेखा परीक्षणको कार्यलयले ठोरी गाउँपालिकाका उपभोक्ता समिति, संघसंस्था, ब्याक्ती, कर्मचारी र संघ-संगठन का नाममा ठहर गरेको बेरुजु रकमलाई असुल उपर गर्ने निर्णय पनि गरेको छ ।

बैठकले ठोरी ३ शिकारीबासको सौर्य मिनिग्रीडका लागि सम्झौता अनुसारको आवश्यक रकम बिनियोजन गर्ने समेत निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Related posts

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिमा के छ ?

MadhesKhabar

प्रचण्ड सरकारले खाेल्न नसकेका सबै फाइल ओेली सरकारले खाेल्छ : मन्त्री गुप्ता

MadhesKhabar

आयाे सर्वाेच्चकाे फैसला :२४ घण्टाभित्र विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवलाई आदेश

MadhesKhabar

Leave a Comment