Madhes Khabar
राजनीति

गठबन्धनमा सहभागी हुन काँग्रेसकाे प्रस्तावमा सिके राउत सकरात्मक

मधेसखबर
वीरगन्ज ,१४ मंसिर : नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउत बीच भेटवार्ता भएको छ।

काठमाडौंकाे मध्यबानेश्वर स्थित निधि निवासमा बुधबार दिउँसो दुवै नेताबीच भेटवार्ता भएको हो।

भेटघाटका क्रममा काँग्रेसका पूर्वउपसभापति निधिले सत्ता गठबन्धनमा सहभागी हुन राउतलाई आग्रह गरेका छन्।

अहिलेको गठबन्धनमा सामेल भएर संघ र प्रदेसमा सरकार गठनमा सहभागी हुन निधिले राउतलाई प्रस्ताव गरेको हुन्।

यो प्रस्तावमा जनमत पार्टीका अध्यक्ष राउतले आफू सकारात्मक भएको बताएको निधिको सचिवालयले जनाएको छ।

‘उहाँले म सुरूदेखि नै शान्ति र लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति हो। जनमत पार्टी नेपाली कांग्रेस र गठबन्धनसँग केन्द्र तथा प्रदेसमा सहकार्य गर्न तत्पर रहेको छ,’ राउतको भनाइ उद्धृत गर्दै निधिको सचिवालयले भन्यो।

करिब एक घण्टासम्म चलेको भेटघाटका क्रममा निधिले निर्वाचनमा पहिलोपटक भाग लिएर निर्वाचित भएको र जनमत पार्टी राम्रो संख्यामा विजयी भएकोमा बधाइ दिएका थिए।साभार : आयाेमेल

Related posts

मधेसका प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक ७ दलद्वारा बहिष्कार

MadhesKhabar

पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

MadhesKhabar

मधेस र देशभर अहिले पाँच दलीय गठबन्धनकै लहर छ : अजय चौरसिया

MadhesKhabar

Leave a Comment