Madhes Khabar
राजनीति

मधेसका प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक ७ दलद्वारा बहिष्कार

काठमाडौं,२९कात्तिकःमधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शनिबार आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख लाभले शनिबार आह्वान गरेको सर्वदलिय बैठकमा सात दलका नेताहरूले सहभागी नभएर बैठक बहिष्कार गरेका हुन् । सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भएकाले अन्य राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा सपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए। प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

Related posts

देउवाले एकलाैटी गरेकाले गठबन्धन भत्किएकाे शेखर काेइराला समुहकाे निष्कर्ष

MadhesKhabar

प्रचण्ड विरुद्ध उम्मेद्बारी दिन्छु : काँग्रेस नेता घिमिरे

MadhesKhabar

बालेन र सुदनलाई पक्राउ गरेर कारबाहीको माग गर्दै पर्सामा पनि युवा संघले प्रहरीमा दियो जाहेरी

MadhesKhabar

Leave a Comment