Madhes Khabar
राजनीति

बालेन र सुदनलाई पक्राउ गरेर कारबाहीको माग गर्दै पर्सामा पनि युवा संघले प्रहरीमा दियो जाहेरी

वीरगन्ज,२७असाेज:नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ पर्साले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएकाे छ।

जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पदा, निजी सम्पति, दलका कार्यालयमा भएको ताेडफाेड ,आगजनी र लुटपाटमा शाह र गुरुङको पनि संलग्नता रहेकाले उनिहरु विरुद्ध कारबाहीको माग गर्दै युवा संघले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकाे हाे।

 

सोमबार मधेस प्रदेशका आठ वटै जिल्लामा बालेन र गुरुङसहित जेनजी आन्दोलनका अगुवा र समर्थकहरू विरुद्ध उजुरी दिने कार्यक्रमअन्तर्गत युवा संघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा पनि पुगेर उजुरी दिएको हो ।

युवा संघ पर्साका अध्यक्ष सुवास साहले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयमा आगजनी तथा क्षति पुर्‍याउने कार्यमा बालेन र गुरुङको संलग्नता रहेको आरोप लगाए।

उजुरी दर्ता गर्नुअघि युवा संघले वीरगन्जमा मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको थियो।

युवा संघकाे कार्यक्रममा एमालेका  केन्द्रीय सदस्य प्रभु हजरा, वीरगन्ज महानगर इन्चार्ज विचारी यादव, पर्सा अध्यक्ष डा. विश्वम्भर शर्मा, एमाले नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, पर्सा सचिव राकेश महतो, युवा नेता सुजित गिरीलगायतकाकाे पनि उपस्थिति थियो।

 

Related posts

सिमरामा आजपनि जेनजी युवाहरुको प्रदर्शन सुरु : कुटपिट गर्ने एमाले कार्यकर्तालाई कारबाही गर्न माग

MadhesKhabar

प्रधानमन्त्री ओली र खानेपानी मन्त्री यादवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

MadhesKhabar

दलका नेताहरुलाई भेटेर भोट माग्दै उपराष्ट्रपतिका उम्मेदवार यादव

MadhesKhabar

Leave a Comment