Madhes Khabar
राजनीति

प्रदीप यादवलाई समर्थन जनाउँदै कांग्रेसका पुराना नेता यादव एमालेमा प्रवेश

वीरगन्ज,१८फागुनःवीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका नेपाली कांग्रेसका पुराना नेता तथा प्रदेश महासमिति सदस्य रामिवलाश यादव, युवा नेता दिनेश प्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन्।

पर्साको निर्वाचन क्षेत्र नमबर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै उनिहरु एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमाले उम्मेदवार यादव र एमालेका पर्सा जिल्ला इन्चार्ज प्रभु हजारले टीका तथा गाम्छा लगाएर पार्टीमा स्वागत गरेका छन्।

त्यसअवसरमा एमाले उम्मेदवार यादवले देशको स्थायित्व, विकास र समृद्धिका लागि एमाले नै सक्षम राजनीतिक शक्ति भएको उल्लेख गर्दै विभिन्न दलबाट सक्षम र अनुभवी व्यक्तित्वहरू एमालेमा समाहित हुनु सकारात्मक संकेत भएको बताए। उनले जनताका अपेक्षा पूरा गर्न नीतिगत स्पष्टता र दृढ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।

एमालेका पर्सा इन्चार्ज प्रभु हजारले रामविलास यादव जस्ता अनुभवी नेताको आगमनले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले स्थानीय तहदेखि संघीय तहसम्म एमालेको प्रभाव विस्तार भइरहेको दाबी गर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको मुद्दामा एमालेप्रति जनविश्वास बढ्दै गएको बताए।

नवप्रवेशी नेता रामिबलास यादवले लामो समय कांग्रेसमा रहेर काम गरे पनि वर्तमान राजनीतिक परिस्थिति र जनताको चाहनालाई मध्यनजर गर्दै एमालेमा आवद्ध भएको स्पष्ट पारे।

उनले विकास निर्माण र जनताको हकहितका सवालमा सक्रिय रहने प्रतिबद्धता जनाए। युवा नेता दिनेश प्रसाद यादवले पनि युवाहरूको भविष्य सुरक्षित गर्न सक्षम नेतृत्व आवश्यक रहेको भन्दै एमालेको नीति र दृष्टिकोणबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए।कार्यक्रममा पार्टीका प्रवक्ता सुन्दर कुर्मी लगायत स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो

 

Related posts

सर्वोच्च अदालतको आदेशविरुद्ध बोल्ने ५ सांसदलाई मुद्दा

MadhesKhabar

मधेसीमाथि न्यायलयलेपनि अन्याय गरिरहेकाे लाेसपा अध्यक्ष ठाकुरकाे आराेप

MadhesKhabar

छिपहरमाईका विभिन्न वडामा पुगेका कांग्रेस उम्मेदवार रिजाललाई मतदाताले गरे स्वागत र समर्थन

MadhesKhabar

Leave a Comment