Madhes Khabar
राजनीति

रातारात पार्टी फुटाएर बनेको ओशक राईको दल अवैधानिक छ : उपेन्द्र यादव

काठमाडौं,२६बैशाखःजनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रातारात पार्टी फुटाएर बनेको नयाँ दल जसपा अवैधानिक भएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले संसदमा निर्वाचन ऐन विचाराधीन रहेको अवस्थामा गैह्रकानुनी तरिकाबाट नयाँ पार्टी दर्ता भएको दाबी गरे ।यादवले निर्वाचन र राजनीतिक दलसम्बन्धि ऐन विपरित असंवैधानिक तरिकाबाट अशोक राईको नेतृत्वमा रातारात नयाँ दल दर्ताको घोषणा भएको बताए ।

उनले भने,‘म विदेशमा सम्मेलनमा गएको मौका छोपेर जसपा, एकीकृत समाजवादी र कांग्रेससँग मिलेर सरकार ढाल्ने भयो भनेर हल्ला फैलाइयो। यो हल्ला अत्यन्तै निराधार र अत्यन्तै कपोलकल्पित हो। यो अफवाहलाई कसैकसैले मौका छोपेर पार्टीभित्र फुटाएछन्।’

कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उनले दाबी गरे ।यो सरकार बनेदेखि कांग्रेसका कसैसँग भेट समेत नभएको भन्दै यादवले भने, ‘यो सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने अत्यन्त कपोल्कल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन ।’

उनले आफूलाई एक वर्ष प्रधानमन्त्री बनाउने हल्ला प्रायोजित मात्र भएको जिकिर गरे। आफू देश बाहिर रहेको बेला दल फुटाउन प्रधानमन्त्रीलाई भ्रममा परेको महसुस भएको उनले बताए । अमेरिकाबाट फर्किएलगत्तै प्रधानमन्त्रीलाई भेटेका यादवले भने, ‘जुन हौवा फिजाइयो, उहाँ पनि त्यो भ्रममा पारेको भन्ने बुझियो ।’

पार्टीको केन्द्रिय समितिमा दुई तिहाई बहुमत आफ्नो पक्षमा रहेको दाबी उनको छ ।उनले निर्वाचन आयोगविरुद्ध आफूहरु अदालतमा जाने समेत बताए। उनले सरकारलाई दिएको समर्थन कायमै राख्नेपनि बताए । जसपा नेपालबाट १२ जना सांसदमध्ये नवगठित दल जसपामा ७ जना गएका छन्।

Related posts

देउवा पक्षले भन्याे : निर्वाचन आयाेगकाे निर्णय मान्दैनाै,राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौँ

MadhesKhabar

कुलमानकाे पार्टी `उज्यालो नेपाल´ काे पर्सा संयाेजकमा युवा समाजसेवी रामबाबु यादव

MadhesKhabar

उपेन्द्र यादव फेरि बने जसपा नेपालकाे अध्यक्ष

MadhesKhabar

Leave a Comment